images

सर्वाेच्चका ६ न्यायाधीशहरुको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन

काठमाडौं। सर्वाेच्च अदालतका ६ न्यायाधीशहरुको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ ।

बुधबार बसेको संसदीय सुनुवाई समितिले न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेका सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम अनुमोदन गरेको हो ।

अब उनीहरुले राष्ट्रपतिबाट शपथ ग्रहण गरेपछि सर्वोच्च अदालतको न्यायाधीशका रूपमा कामकाज सुरु गर्ने छन् ।