images
images

मेलम्ची खानेपानी माग गर्दै नेविसंघ काठमाडौंद्वारा विरोध प्रदर्शन

काठमाडौं। नेपाली कांग्रेसका निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले मेलम्ची खानेपानी आयोजनाको पानीको माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन गरेको छ।

नेपाल विद्यार्थी संघ काठमाडौंको आयोजनमा मेलम्ची खानेपानीमा भएको ढिलाई सुस्ती तथा लापर्बाही विरुद्ध विरोध प्रर्दशन गरेको नेविसंघका केन्द्रीय सदस्य अनुराग शाहले जानकारी दिए।

आश्वासन होइन पानी देउ, खानेपानी खोई? मेरो नातिको पालामा के खानेपानी आउला लगायतका प्लेकार्ड सहित उनीहरुले विरोध प्रर्दशन गरेका थिए। साथै नेपालको संविधानको मौलिक हक अन्तर्गत धारा (३५)को ४ अनुसार प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाईको पहुँच हुने व्यवस्था भए पनि केही निहित स्वार्थ बोकेका व्यक्तिका कारण मेलम्चीको खानेपानी आउन नदिएको नेविसंघले आरोप लगाएको छ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS