images

सर्वाेच्च अदालतमा ६ जना न्यायाधीश नियुक्त

काठमाडौं। सर्वाेच्च अदालतमा ६ जना न्यायाधीश नियुक्त भएका छन्। संसदीय विशेष सुनुवाई समितिबाट न्यायाधीशहरुको नाम अनुमोदन भएसँगै राष्ट्रपतिले उनीहरुको नाम अनुमोदन गरेको हो। बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरुलाई नियुक्त गरेका हुन् ।

नियुक्त हुनेहरुमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेक प्रसाद ढुंगाना, सुनील कुमार पोखरेल र बालकृष्ण ढकाल रहेका छन् ।

उनीहरुलाई नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।