images

काठमाडौंका मुख्य पाँच स्थलमा दुई महिनाका लागि निषेधीत क्षेत्र घोषणा

काठमाडौं। काठमाडौंका मुख्य पाँच स्थललाई आगामी दुई महिनासम्मका लागि निषेधित क्षेत्र तोकिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार सूचना जारी गर्दै राष्ट्रपति कार्यालय शीतल निवासदेखि प्रधानमन्त्री निवास बालुवाटार, संघीय संसद भवन, सिंहदरबार हुँदै उपराष्ट्रपति कार्यालय र माइतीघर मण्डलादेखि बानेश्वर चोकसम्मलाई दुई महिनाका लागि निषेधित क्षेत्र तोकेको हो ।

प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतका अनुसार उक्त क्षेत्रमा दुई महिनासम्म पाँच जनाभन्दा बढी व्यक्ति भेला भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ । गत महिना प्रशासनले ती क्षेत्रमा एक महिनाका लागि निषेधाज्ञा जारी गरेको थियो । उक्त अवधि सकिएपछि थप दुई महिनाका लागि निषेधित क्षेत्र तोकेको हो ।