images

माओवादी केन्द्रको विधान सम्मेलन फागुनको पहिलो साता हुने

काठमाडौं। नेकपा माओवादी केन्द्रको विधान सम्मेलन फागुन पहिलो साता हुने भएको छ। बिहीबार बिहान बसेको माओवादी पदाधिकारी बैठकले विधान सम्मेलन आगामी फागुन पहिलो साता गर्ने निर्णय गरेको हो ।

माओवादी प्रवक्ता अग्नि सापकोटाले विहिबार बसेको बैठकले विधान मस्यौदा समिति गठन गरेको बताएका छन। विधान मस्यौदा समितिमा समितिमा उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिवत्रय गिरिराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा तथा सचिवद्वय गणेश शाह र राम कार्की छन् ।

विधान सम्मेलनअघि केन्द्रीय कमिटी बैठक बस्नेछ र विधान मस्यौदा समितिले तयार पारेको मस्यौदालाई केन्द्रीय कमिटीले अनुमोदन गरेपछि विधान सम्मेलनमा प्रस्तुत गरिने माओवादी केन्द्रले जनाएको छ ।