images
images

मानव अधिकारवादी कृष्ण पहाडी सहित १५ जना पक्राउ

काठमाडौं। एनसेलको सेयर खरिद बिक्री प्रकरणमा न्यायिक छानविन आयोगको माग गर्दै विरोध प्रदर्शनमा उत्रिएका मानव अधिकारकर्मी कृष्ण पहाडी सहित १५ जना पक्राउ परेका छन।

विहिबार माइतीघर मण्डलामा एनसेल बिक्री प्रकरणको अनुसन्धानका लागि न्यायिक समिति गठन गर्नुपर्ने माग गर्दै प्रदर्शन गर्न पुगेको मानवअधिकारकर्मी र अभियन्ताहरूलाई प्रहरीले पक्राउ गरेको हो।

निषेधित क्षेत्रमा प्रदर्शन गरेका कारण कृष्ण पहाडी लगायत १५ जनालाई नियन्त्रणमा लिइएको काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी कुमोध ढुंगेलले जानकारी दिए।