images

एकै दिन ६ अर्ब २७ करोड रुपैयाँको सेयर किनबेच

काठमाडौं। सेयर बजार परिसूचक नेप्से ३२ दशमलव ७७ अंकले घटेर २१ सय ९ बिन्दुमा ओर्लिको छ ।

लगातार ७ कारोबार दिन बढेको नेप्सेमा बिहीबार करेक्सन आएको छ । बिहीबार कारोबार रकम पनि घटेको छ । बुधबार ७ अर्ब ९५ करोडको कारोबार भएकोमा आजको दिन ६ अर्ब २७ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा आएका मध्ये ५० कम्पनीको मूल्य बढ्दा १ सय ९१ कम्पनीको सेयर मूल्य घटेको छ । उत्पादन र ब्यापार बाहेकका सबै समूह घटेका छन् । उत्पादन समूह २ दशमलव ३ प्रतिशत र व्यापार ० दशमलव ५ प्रतिशतले बढेको ।

विकास बैंक र फाइनान्स समूह सबैभन्दा धेरै ३ प्रतिशतले घटेको छ । घटेको बजारमा १२ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।