images

नेपालको विधुत भारतमा निर्यात गरि १५ अर्ब नाफा हुनु खुसीको कुरा होः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको विधुत बेचेर विदेशी मुद्रा आर्जन गर्नु खुसीको कुरा भएको बताएका छन। शुक्रबार सुनसरीस्थित इनरुवा सबस्टेसन उद्घाटन कार्यक्रममा बोल्दै उक्त कुरा बताएका हुन।

प्रधानमन्त्री प्रचण्डले कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘वर्षको वर्षायाममा देशभित्र खपत गरी बचत भएको विद्युत् भारततर्फ निर्यात गरी १५ अर्ब रुपैयाँभन्दा बढी आम्दानी हुनु खुसीको कुरा हो । नवीकरणीय ऊर्जाको बढोत्तरी गर्दै शून्य कार्बन उत्सर्जनको नीतिलाई व्यावहारिक रूपमा लागू गर्नसमेत सहभागी राष्ट्र तयार भएकाले जलविद्युत्को अपार सम्भावना रहेको हाम्रो देशलाई ठूलो फाइदा पुग्नेछ । यसतर्फ हामीले विशेष ध्यान दिनुपर्दछ । ’

उनले सरकारले केही दिन अघिमात्र विद्युत् खपतवृद्धिसम्बन्धी कार्यायोजना मन्त्रिपरिषद्‍बाट पारित गरेको समेत बताए।