images

श्रीलंकाका विदेशमन्त्री साब्रीले भेटे राष्ट्रपति पौडेललाई

काठमाडौं। नेपाल भ्रमणमा रहेका श्रीलंकाका विदेशमन्त्री मोहम्मद उवैस मोहम्मद अली साब्रीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।

शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा भएको राष्ट्रपति पौडेलले श्रीलंकाका तत्कालीन राष्ट्रपति महिन्दा राजापाक्षले नेपाल भ्रमणका अवसरमा लुम्बिनी संसारको सांस्कृतिक गन्तव्यस्थल हुने बताएको स्मरण गर्दै दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई थप मजबुत र व्यापक बनाउनुपर्नेमा जोड दिए।

विदेशमन्त्री साब्रीले दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई थप सुदृढ गराउनुका साथै दुवै देश बीच लगानीका सम्भावना बढाउन आवश्यक रहेको बताएका छन।