images

देशैभरका उच्च अदालतमा स्वचालित पेशी तारेख लागू

काठमाडौं। देशैभरका उच्च अदालतमा आइतबारदेखि स्वचालित प्रणालीबाट पेशी तारेख सुरु गरिएको छ । प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठले देशभरका उच्च अदालतमा लागू हुने गरि स्वचालित पेशी प्रणालीको सुरु गरेका हुन।

प्रधानन्यायाधीश श्रेष्ठले आज बिहान ११ बजे पाटन उच्च अदालतबाट सबै उच्च अदालत र इजलासमा स्वचालित पेशी तारेख व्यवस्थापन प्रणालीको शुभारम्भ गर्ने सर्वोच्च प्रशासनले जनाएको छ ।

स्वचालित प्रणाली लागू हुने वित्तिकै कर्मचारीहरूले आफ्नो ईच्छा अनुसार तारिख तोक्ने हालको पद्दति हट्ने भएको छ । मुद्दाको प्रकृति र प्राथमिकताका तारिख मिति स्वचालित रुपमा निर्धारण हुने भएकाले यसअघि तारिख तोक्दा कर्मचारीले तजविजी गर्ने र आफुखुसी तोक्ने प्रक्रियाको अन्त्य भएको छ।

मुद्दा दर्ताको मिति, मुद्दाको मार्ग र अदालतमा रहेका मुद्दा सङ्ख्या तथा न्यायाधीशको उपलब्धताका आधारमा स्वचालित रूपमा तारेख उपलब्ध हुनेछ ।यस अघि सर्वाेच्च अदालतमा समेत स्वचालित पेशी प्रणाली लागू गरिएको थियो।