images

जिल्ला अदालतले सफाई दिएसँगै एमाले सांसद कोइरीले दिए निलम्बन फुकुवाको निवेदन

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीले आफ्नो निलम्बन फुकुवा माग गर्दै संघीय संसद सचिवालयमा निवेदन दिएका छन् ।

मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरी बलका असई थमन बिकको हत्या आरोपमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएसँगै सांसद फरार रहेका थिए । महोत्तरी–१ बाट निर्वाचित कोइरी असई बिकको हत्या अभियोगमा निलम्बित भएका थिए ।

गत २८ मंसिरमा महोत्तरी जिल्ला अदालतले थमन बिक हत्याको मुद्दामा सफाइ दिएपछि सांसद कोइरीले आफ्नो निलम्बन फुकुवा गर्न र अहिलेसम्मको सेवा सुविधा माग गर्दै संघीय संसद सचिवालयमा पत्र लेखेका छन् ।