images

एमाले सांसद कोइरीको निलम्बन फुकुवा

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा भएको छ । मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरी बलका असई थमन बिकको हत्या आरोपमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएसँगै सांसद फरार रहेका थिए । महोत्तरी–१ बाट निर्वाचित कोइरी असई बिकको हत्या अभियोगमा निलम्बित भएका थिए ।

सांसद कोइरीले आफूले जिला अदालत महोत्तरीबाट सफाई पाएको भन्दै निलम्बन फुकुवा माग गर्दै संघीय संसद सचिवालयमा निवेदन दिएका थिए । उनको निवेदनका आधारमा आइतबार सभामुख देवराज घिमिरेको निर्देशन अनुसार कोइरीको निलम्बन फुकुवा गरेको संघीय संसदका कार्यबहाक महासचिव पद्मराज पाण्डेयले जानकारी दिए।

सांसद कोइरीले गत २८ मंसिरमा महोत्तरी जिल्ला अदालतले थमन बिक हत्याको मुद्दामा सफाइ पाएका थिए ।

हेर्नुहाेस् पत्र सहित