images

गणतन्त्रको विरोध गर्नेहरु विरुद्ध एकजुट हुनुपर्छः देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्रको विरोधमा लाग्नेहरुविरुद्ध एकजुट हुन आह्वान गरेका छन् ।

पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई शताब्दी जन्मदिवसको अवसरमा आयोजित कार्यक्रममा सभापति देउवाले गणतन्त्र पक्षधर एकजुट भएर व्यवस्थाको रक्षामा लाग्नुपर्ने बताएका हुन् । अब संघीय लोकतान्त्रिक गणतन्त्रबाट पछि फर्किन नसकिने उनको भनाइ छ ।

त्यसैगरी कार्यक्रममा कांग्रेस उपसभापति एवं उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले पञ्चायतलाई परास्त गर्न स्व. नेता भट्टराईको भुमिका महत्वपूर्ण रहेको स्मरण गरे । उपसभापति खड्काले नेता भट्टराईको निष्ठा र जीवनबाट सिकेर सरकार र पार्टीलाई अघि बढाउने प्रतिवद्धता पनि जनाए ।