images

भूकम्प प्रभावित जिल्ला जाजरकोटमा चिसोका कारण १७ महिने बालकको मृत्यु

काठमाडौं । भूकम्प प्रभावित जिल्ला जाजरकोटमा चिसोका कारण एक १७ महिने बालकको मृत्यु भएको छ । जाजरकोटको छेडागाड नगरपालिका-०९ पजारुमा १७ महिने बालकको चिसोका कारण मृत्यु भएको हो ।

पजारु निवासी हरिलाल टमट्टाको छोराको आइतबार राति १२ बजे चिसोका कारण मृत्यु भएको छेडागाड नगरपालिका वडा नम्बर ९ का वडा सदस्य गणेश अधिकारीले स्पेस समाचारलाई जानकारी दिए ।

विनाशकारी भूकम्पका कारण टमट्टाको परिवार घरबाहिर बस्दै आएको थियो । जाजरकोटमा भूकम्पपछि चिसोका कारण ज्यान गुमाउनेको संख्या दैनिक रुपमा बढिरहेको छ । सरकारले अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताको अनुदान निकासा गरेपनि अहिलेसम्म उक्त रकम वितरण हुन सकेको छैन । जसले भूकम्पपीडितहरु पीडामा रहेकाे स्थानीयहरुकाे गुनासाे रहेकाे छ ।