images

युवा पलायन बढ्दै जाँदा मुलुकलाई ठूलो क्षति पुगेको छः परराष्ट्रमन्त्री साउद

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले दक्ष जनशक्ति विदेशिँदा मुलुकलाई क्षति भएको टिप्पणी गरेका छन्।

सोमबार उडान शैक्षिक केन्द्रले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले चिकित्सक, इन्जिनियर, प्राध्यापक, अर्थशास्त्री लगायत मुलुकका लागि आवश्यक जनशक्ति पलायन हुँदा त्यसले देशको आर्थिक अवस्थालाई पनि प्रभाव पारेको बताए । मन्त्री साउदले देशलाई समृद्ध बनाउने हो भने युवाशक्तिलाई स्वदेशमै रोक्नसक्नुपर्ने धारणा व्यक्त गरे ।

मन्त्री साउदले राज्य व्यवस्था र कर्मचारीतन्त्रभित्र नयाँ पुस्ताको प्रवेश जरुरी रहेको समेत बताए ।