images
images

भुटानी शरणार्थीका नेता टेकनाथ रिजालले बुझाए धरौटी रकम

काठमाडौं। भुटानी शरणार्थीका नेता टेकनाथ रिजालले धरौटी वापतको रकम बुझाएका छन् । सर्वसाधारण नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको आरोपमा नेता रिजाल केही समय देखि प्रहरी हिरासतमा रहेका छन् ।

नेता रिजाललाई केही समय अघि जिल्ला अदालत काठमाडौंले थुनामा राक्न आदेश दिएको थियो । उक्त आदेश विरुद्ध रिजाल सहित आरोपित नेताहरु थुनछेक विरुद्ध उच्च अदालत पाटन पुगेका थिए। तर उच्च अदालत पाटनले उनलाई १५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

उच्च अदालतले दिएको आदेश अनुसार नेता रिजालले धरौटी रकम जम्मा गर्न सकेका थिएनन्। तर आइतबार नेता रिजालले काठमाडौं जिल्ला अदालतमा १५ लाख रुपैयाँ धरौटी रकम बुझाएर अदालतबाट छुट पुर्जी पनि लिएका छन् । तर त्यति गर्दा कार्यालय समय सकिएकाले उनी रिहा हुन पाएनन् ।

सोमबार र मंगलबार सार्वजनिक विदा भएका कारण उनी बुधबार मात्रै रिहा हुने केन्द्रीय कारागार कार्यालय स्रोतले जनाएको छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS