images

पार्टीमा विचार र विकास निर्माणको अभियान सुरु गर्छाैंः प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनतासँग माओवादी नाराका साथ चलाइएको अभियानपछि विचार र विकास निर्माणको अभियान थाल्ने घोषणा गरेका छन् ।

१३१ औं माओ दिवसका अवसरका पार्टी कार्यालय परिसडाँडामा आयोजित कार्यक्रममा दाहालले नेपाली मौलिकतासहितको नयाँ विचार निर्माणको ताकतले मात्रै माओवादी पुरानै ताकतमा फर्किने र समाजवादी क्रान्ति सफल हुने दाबी गरे । आगामी केन्द्रीय कमिटी बैठकबाट विचार र विकास निर्माणको अभियानबारे निर्णय गर्ने उनको भनाइ छ । दाहालले आफ्नो कार्यशैलीलाई परिणाममुखी बनाउने गरी अघि बढिरहेको पनि बताए ।

नेकपा माओवादी केन्द्रले गत भदौ १६ गतेदेखि तीन महिनासम्म जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सुरु गरेको थियो । त्यो अभियान एक महिना थपेको माओवादी केन्द्रले पुस १६ गते औपचारिक समापन गर्दै छ ।