images

गाउँ रित्तिदैं गएको प्रति राष्ट्रपति पौडेलको चिन्ता

काठमाडौं । गाउँ रित्तिँदै गएकोमा राष्ट्रपति रामचन्द्र पौडेलले चिन्ता व्यक्त गरेका छन् ।

मंगलबार सरस्वती बहुमुखी क्याम्पसको ६५ औं वार्षिकोत्सव कार्यक्रममा राष्ट्रपति पौडेलले लोकतन्त्रपछि गाउँ–गाउँमा विकास पुगे पनि उपभोग गर्ने मानिस नहुनु चिन्ताको विषय भएको बताए । गाउँ रित्तिनुको कारण र समाधानको उपाय खोज्नुपर्ने उनको भनाइ छ । उनले शिक्षा र रोजगारीका लागि दैनिक रुपमा हजारौं नेपाली युवाहरु विदेशिने क्रम रोक्नेगरी रोजगारी र सीपमूलक शिक्षा दिन जरुरी रहेको पनि बताए ।

कुनैपनि देशको शिक्षा त्यस देशको सामाजिक, आर्थिक अवस्था र देशको आवश्यकताअनुरुप निर्धारण हुनुपर्नेमा उनको जोड छ । राष्ट्रपति पौडेलले बदलिँदो परिस्थितिमा देश विकासमा टेवा पु¥याउने र विश्व बजारमा पनि प्रतिष्पर्धी हुनसक्ने शिक्षा नीति र कार्यक्रम ल्याउन सरकारलाई सुझाव पनि दिए ।