images

जलवायु क्षेत्रमा आएको विदेशी सहयोग नेपालले खर्च गर्न सकेनः बनमन्त्री महतो

काठमाडौं । बन तथा वातावरणमन्त्री डाक्टर वीरेन्द्रप्रसाद महतोले जलवायु क्षेत्रमा आएका विदेशी सहयोगहरु नेपालले खर्च गर्न नसकेको टिप्पणी गरेका छन् ।

बुधवार न्युज एजेन्सी नेपालले आयोजना गरेको कार्यक्रममा उनले विदेशी दाताले दिएको ४६ करोड रुपैयाँ तीन वर्ष भइसक्दासमेत खर्च गर्न नसकेको बताए ।

जिसिएफ फाउण्डेशनले तीन वर्षअघि जलवायु न्युनिकरणका लागि ४६ करोड रुपैयाँ दिएको भएपनि अहिलेसम्म सरकारले न्युनिकरणको क्षेत्रमा खर्च गर्न नसकेको र अहिले तलव, गाडी र भत्तामा खर्च गरी ३५ करोडमा झरिसकेको उनको भनाइ छ । मन्त्री महतोले सरकारसँग नेपालले कति कार्बन उत्सर्जन गर्छ भन्ने तथ्यांक नै नरहेको प्रतिक्रिया दिए ।

आफूसँग भएको श्रोतलाई रोजगारी समृतिसँग जोडेर जानुपर्ने उनको भनाइ छ । मन्त्री महतोले विदेशीको सहयोगको मुख ताकेर बस्ने हो भने नेपालको समृद्धि हुन नसक्ने दाबी पनि गरे ।