images

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको लाइभ नहुने

काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ । बैठक आज दिउसो एक बजे पार्टी मुख्यालय सानेपामा बस्न लागेको हो ।

कांग्रेसले यस अघिका बैठकहरु कांग्रेसको आधिकारीक फेसबुक पेजबाट प्रत्यक्ष लाइभ गर्दै आएको थियो । तर आजको बैठकको प्रत्यक्ष लाइभ नगर्ने कांग्रेसले जनाएको छ ।

कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले आजको बैठक प्राविधिक कारणले लाइभ गर्न नसकिने बताए । पार्टीको आजको बैठकमा कांग्रेसबाट सरकारमा सहभागी भएका मन्त्रीहरुको कार्यका बारेमा समीक्षा हुने भएको छ ।

त्यसै गरि आसन्न राष्ट्रिय सभाको निर्वाचनका विषयमा समेत छलफल हुने कांग्रेसले जनाएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक प्रत्येक दुई महिनामा बस्ने गरेको छ। कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले आगामी हुने महासमितिको बैठकको तयारीबारेमा समेत छलफल गर्ने भएको छ ।