images

प्रधानमन्त्री कार्यालयको पूर्नसंरचना हुँदै,६८ वटा दरबन्दी कटौती गरिने

काठमाडौं । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको पुनर्संरचना गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री कार्यालयको पुनर्संचनासहितको संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण अनुसार प्रधानमन्त्री कार्यालयको ६८ वटा दरबन्दी कम हुने जानकारी दिइन । कटौती भएका दरबन्दीका कर्मचारी अब अन्यत्र काम गर्ने उनको भनाइ छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार गठनको एक वर्ष पुगेको अवसरमा सम्बोधन गर्ने क्रममा सरकारको काम गर्ने तरिका बदल्ने भनेकाले सोही अनुसार प्रधानमन्त्री कार्यालयबाटै काम सुरु भएको मन्त्री शर्माको भनाइ छ ।

मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८०/०८१ का लागि गहुँको न्युनतम समर्थन मूल्य पनि तोकेको छ । बैठकले गहुँको न्युनतम समर्थन मूल्य प्रतिक्वीन्टल ३६ सय ५० रुपैयाँ निर्धारण गरेको हो । त्यस्तै सरकारले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिमतर्फ रिक्त सदस्यसचिव पदमा महेश भट्टराईलाई तोकेको छ ।