images

कांग्रेस बैठकमा परराष्ट्रमन्त्री साउदकाे दावी-विश्वका राष्ट्रहरूसँगको मैत्रिपूर्ण सम्बन्ध थप सुदृढ भएकाे छ

काठमाडौं। परराष्ट्रमन्त्री एनपी साउदले कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा आफ्नो प्रगति विवरण पेश गरेका छन् ।
कांग्रेस केन्द्रीय कार्यसमितिको जारी बैठकमा मन्त्री साउदले शुक्रबार मन्त्रालयको कार्य प्रगति विवरण प्रस्तुत गरेका हुन। मन्त्री साउदले मन्त्रालय समाल्दादेखि हालसम्मका कार्य प्रगति प्रस्तुत गरेका थिए ।

उनले बैठकमा विभिन्न दिपक्षीय भ्रमण तथा बैठक,कुटनैतिक मामलाका साथै वैदेशीक रोजगारीका बारेमा जानकारी गराएका थिए । मन्त्री साउदले वर्तमान सरकारले संयुक्त राष्ट्र संघको वडापत्र, असंलग्नता र पञ्चशीलका सिद्धान्त, विश्व शान्ति एवम् अन्तर्राष्ट्रिय कानूनका सिद्धान्तका आधारमा परराष्ट्र नीति सञ्चालन गर्दै आएको प्रष्ट पारे । साथै उनले यस अवधिमा सार्वभौमिक समानता, पारस्परिक हित र लाभका आधारमा स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति सञ्चालन भई छिमेकी लगायत विश्वका सबै मित्र राष्ट्रहरूसँगको मैत्रिपूर्ण सम्बन्ध थप सुदृढ भएको दाबी गरेका छन्।

मन्त्री साउदले सरकारी र निजी क्षेत्रको समन्वयात्मक तथा क्रियाशील भूमिकाका आधारमा मुलुक भित्र आर्थिक कूटनीतिको कार्यक्रम सञ्चालन गर्नुका साथै विदेशस्थित नेपाली नियोगहरूलाई पनि सोहि अनुरूप परिचालन गरिएको,प्यालेस्टाइनको हमास समुहको आक्रमणमा परी निधन भएका नेपालीहरुको शव नेपाल ल्याउन तथा नेपाल फर्कन इच्छुक इजरायलस्थित नेपालीहरुको उद्दारका लागि समन्वय गरिएको बताए ।

त्यस्तै गरि उनले सुडानमा विकसित राजनीतिक परिस्थितिका कारण अलपत्र परेका ३१ नेपाली नागरिकलाई परराष्ट्र मन्त्रालय तथा कायरो, रियाद र जेद्दास्थित नेपाली नियोगहरुको सक्रिय समन्वय र प्रयासमा सकुशल उद्धार गरिएको।उद्धार प्रक्रियामा छिमेकी मित्रराष्ट्र भारत, चिन र मित्रराष्ट्र साउदी अरेबिया सरकारको सहयोग रहेको जानकारी दिए।

राहदानी सेवा व्यवस्थित गर्दै एक महिनाका लागि अग्रिम अनलाइन आवेदन दिने व्यवस्था गर्नुका साथै जिल्ला तथा इलाका प्रशासन कार्यालयबाट भरिने आवेदन फारामको कोटा बढाउनुका साथै करिब दुई वर्षलाई पुग्नेगरी राहदानी कपी मौज्दातमा राखिएको जानकारी दिए ।