images

बालकुमारी घटना- गृहमन्त्रालयले बनायो तीन सदस्यीय छानविन समिति

काठमाडौं। गृहमन्त्रालयले ललितपुरमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको प्रकरणबारे छानविन गर्न तीन सदस्यीय छानविन समिति बनाएको छ।

उपत्यका प्रहरी कार्यालयका डीआईजी लालमणि आचार्य नेतृत्वमा बनेको समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्देशक बासु सिग्देल सदस्य छन् ।

शुक्रबार कोरिया भाषा परीक्षामाको आवदेन दिन नपाएको भन्दै आक्रोशित समूहले ललितपुरको सातदोबाटो क्षेत्रमा प्रदर्शन गरेका थिए । प्रदर्शनकारीहरुले भौतिक योजना तथा यातायातमन्त्रीको गाडीमा आगजनी गरेका थिए ।

आक्रोशित युवाहरुले ललितपुरको चक्रपथ क्षेत्रमा प्रदर्शन गरेका थिए । बालकुमारी क्षेत्रमा प्रदर्शनले उग्र रुप लिएपछि प्रहरीले गोली चलाएको थियो । प्रहरीको गोलीबाट दुई जनाको मृत्यु भइसकेको छ। साथै प्रहरीले चार दर्जन भन्दा बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ।

हेर्नुहोस् गृहको विज्ञप्ति