images

गाडीको ठक्करबाट नेपालगञ्जमा दुई पैदलयात्रीको मृत्यु


काठमाडौ । बाँकेको नेपालगञ्जमा गाडीको ठक्करबाट दुई पैदल यात्रुको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका– १३ की २४ वर्षीया आस्था शाह रहेकी छन्। अर्का एक पुरूषको भने सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी बाँकेले जनाएको छ ।

दुर्घटनामा परी स्थानीय २५ वर्षीया साहाना शाह घाइते भएकी छन्। उनको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ ।

नेपालगञ्ज – १८ कारकाँदोमा सु–प–प–०१००१ च् ३४६४ नम्बरको गाडीले गएराति साढे १२ बजेतिर पैदल हिडिरहेका तीन जनालाई ठक्कर दिएको थियो ।

चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।