images

रुसी सेनामा भर्ना भएका एक नेपाली युवाको मृत्यु

काठमाडौं । रुसी सेनामा भर्ना भएका एक नेपाली युवाको मृत्यु भएको छ । रुसका तर्फबाट युक्रेन विरुद्ध युद्धमा होमिएका स्याङ्जाका एक युवकको मृत्यु भएको पुष्टि भएको हो ।

वालिङ नगरपालिका–१४ मान्खुका हरि अर्यालको मृत्यु भएको खबर आएको वडाध्यक्ष राजु कुँवरले जानकारी दिए । उनले भने, ‘मलाई आजै परराष्ट्र मन्त्रालयबाट उनको मृत्यु भएको जानकारी दिन फोन आएको थियो । ’

वडाध्यक्ष कुँवरका अनुसार अर्यालको २८ डिसेम्बर अर्थात १२ पुसमा मृत्यु भएको हो । करिब दुई महिनाअघि अर्याल दुबई हुँदै रुस गएका थिए । उनी नेपाली सेनामा काम गरेको ३ वर्षपछि जागिर छाडेर अर्याल रुस गएको स्रोतले जनाएको छ ।

सरकारले रुस प्रवेश गर्न राेक लगाएकाे भए पनि नेपालीहरु अवैधानिक बाटाे हुँदै रुस पुग्ने गरेका छन्। रुसमा दर्जन बढी नेपालीहरुले ज्यान गुमाइसकेका छन् ।