images

शेख हसिना बंगालादेशको लगातार चौथो पटक प्रधानमन्त्री बन्दै

काठमाडौं–बंंगलादेशको प्रधानमन्त्री रहेकी शेख हसिनाले लगातार चौथो कार्यकाल सम्हाल्ने भएकी छिन् । आइतबार भएको विवादास्पद चुनाव जितेर १५ वर्षदेखि सत्तामा रहेकी हसिना चौथो कार्यकालका लागि पनि पदमै रहने भएकी हुन् ।

हसिनाको पार्टी अवामी लिग र उसको सहयोगी दलले ३ सय संसदीय सिट मध्ये २ सय २२३ सिट जितेका छन् । यो जितसँगै हसिना थप ५ वर्ष सत्तामा रहने भएकी छिन् । मुख्य विपक्षी दल बंगलादेश निशनलिस्ट पार्टी बिएनपीले भने चुनाव बहिस्कार गरेको थियो । उसले चुनाव धोका मात्र भएको दाबी गरेको छ । चुनावी परिणाम आउनुअघि बिएनपीका नेता र समर्थकहरु ठूलो संख्यामा पक्राउ परेका थिए ।

चुनावमा करिब ४० प्रतिशत मतदाताले भाग लिएका थिए । चुनाव बहिस्कार गरेको बिएनपीले निर्वाचन रद्ध गर्न माग गरेको छ । साथै प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिनुपर्ने उसको माग छ ।