images

आइसीसी यू–१९ विश्वकप वार्मअप खेलमा नेपालको सानदार जित

काठमाडौं– नेपालले आइसीसी यू–१९ विश्वकप अघि आधिकारीक वार्मअप खेलमा स्कटल्यान्डलाई डकवर्थ लेविस पद्धतिको आधारमा ७ विकेटले हराएको छ ।

दक्षिण अफ्रिकामा ११५ रनको लक्ष्य पछ्याएको नेपालले २९ ओभर १ बलमा ९९–३ को अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो । वर्षा हुनु अघि नेपालका अर्जुन कुमाल ३३ रन बनाएका थिए । त्यस्तै आकाश त्रिपाठीले २९ रन बनाएका थिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको स्कटल्याण्डले ४४ ओभर ४ बलमा सम्पुर्ण विकेट गुमाउँदै ११४ रन बनाएको थियो । बलिङतर्फ नेपालका गुलशन झा र तिलक भण्डारीले तीन तीन विकेट लिए । नेपालले अन्तिम वार्मअप खेल मंगलबार वेस्टइन्डिजसँग खेल्नेछ ।