images

२० प्रकारका औषधि उत्पादनकाे काम तत्काल थाल्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहालले २० प्रकारका औषधि उत्पादनको काम तत्काल थाल्न निर्देशन दिएका छन् ।

आइतबार नेपाल औषधि लिमिटेडका अध्यक्ष यज्ञ न्यौपानेसहितको टोलीलाई सिंहदरबार बोलाएर प्रधानमन्त्री दाहालले लिमिटेडले औषधि उत्पादनका निम्ति गरेको प्रयास महत्वपूर्ण रहेको भन्दै २० प्रकारका औषधि उत्पादनको काम तत्काल थाल्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीले अहिले २० वटा औषधि उत्पादनबाट काम सुरू गरेर भविष्यमा त्यसको गुण र मात्रा दुबै बढाउनुपर्नेमा जोड दिए । उनले त्यसका लागि अर्थ मन्त्रालय र उद्योग मन्त्रालयसँग थप छलफल गर्ने आश्वासन पनि दिएका छन् ।

छलफलमा लिमिटेडका अध्यक्ष न्यौपानेले १० प्रकारका औषधिहरू उत्पादन गरिरहेको र तत्काल २० प्रकारका औषधि उत्पादनका लागि आवश्यक गृहकार्य भइरहेको जानकारी दिएका थिए ।