images

पुस महिनामा राजस्वमा वृद्धि तर लक्ष्य प्राप्त गर्न सकेन

काठमाडौं– पुस महिनामा राजश्व संकलनमा वृद्धि भएको छ । सरकारले पुस महिनामा १ खर्ब ३४ अर्ब २३ रूपैयाँ राजस्व संकलन गरेको छ । तर, लक्ष्य भने पूरा हुन सकेन ।

पुसमा १ खर्ब ८८ अर्ब १७ करोड राजस्व संकलनको लक्ष्य राखिएको थियो । योसँगै चालू आर्थिक वर्षको ६ महिनामा सरकारले ५ खर्ब १५ अर्ब ४० करोड रूपैयाँ राजस्व संकलन गरेको छ ।

चालू आर्थिक वर्षको ६ महिनामा ६ खर्ब ६८ अर्ब १७ करोड रूपैयाँ राजस्व संकलनको लक्ष्य थियो । भन्सार महशुलतर्फ २ अर्ब २० अर्ब राजस्व संकलन भएको छ भने आन्तरिक तर्फ २ खर्ब ४३ अर्ब ३५ करोड रूपैयाँ उठेको छ ।

गैर करतर्फ भने ५२ अर्ब ९४ करोड रूपैयाँ संकलन भएको छ । गत वर्ष सरकारले पुससम्म ४ खर्ब ८३ अर्ब ७६ करोड रूपैयाँ राजस्व उठाएको थियो । सरकारले चालू वर्ष १४ खर्ब २२ अर्ब ५४ करोड १७ लाख रूपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ ।