images

हात्ती र मानवबीच द्वन्द्ध बढ्न थालेपछि विज्ञहरुद्वारा चिन्ता व्यक्त


काठमाडौं–हात्तीको वासस्थान र आहरा मानिसहरुले मासिदिन थालेपछि हात्ती र मानव विचको द्धन्द बढ्न थालेकाे सरोकारवालाहरुको बताएका छन् । आज सुनसरीको वराहक्षेत्र नगरपालिमा आयोजित मानव हात्ती द्धन्द व्यवस्थापन विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले उक्त निष्कर्ष निकालेका हुन् ।

सुनसरीको वराहक्षेत्र नगरपालिकामा जंगली हात्तीको समुहले जनधनको क्षतिलाई मध्यनजर गर्दै मानव हात्ती द्धन्द व्यवस्थापन विषयक अन्तरक्रिया गरिएको थियो ।

डिभिजन वन कार्यालय सुनसरीको आयोजनामा वराहक्षेत्र नगरपालिका वडा नम्बर २ मा आयोजना गरिएको अन्तरक्रियात्मक गोष्ठीमा मानव, हात्ती द्धन्द व्यवस्थापन सम्बन्धी छलफल गरिएको हो ।

मानव हात्तीबीचको द्धन्द अन्त गर्ने विषयमा छलफल कार्यक्रममा विज्ञहरुले हात्तीको स्वभाव हात्तीले आक्रमण गर्ने कारण साथै मानव हात्तीको सह-अस्थित्व कायम गर्ने उपायहरुका विषयमा सहजिकरण गरेका थिए । सो क्रममा हात्तीलाई जिस्क्याउदा , हात्ती खेदाउन ठुलो संख्यामा भिड गरेर हात्तीलाई आक्रमण गरे हात्तीले प्रतिकार गर्ने विज्ञहरुले जानकारी गराएका थिए । त्यसै गरी हात्तीको वासस्थान र आहरा मानिसहरुले मासिदिन थालेपछि हात्ती र मानव विचको द्धन्द सुरु भएको समेत विज्ञहरुको भनाइ रहेको थियो ।

कार्यक्रममा कोशी टप्पु वन्यजन्तु आरक्षका प्रमुख रमेश यादव, डिभिजन वन कार्यालय सुनसरीका प्रमुख धर्मराज साहले हात्तीका विषयमा जानकारी गराउदै सुरक्षित हुने उपायहरुका विषयमा सहजिकरण गरेका थिए । कार्यक्रममा सहभागी हात्ती पिडित स्थानीय , जनप्रतिनिधि लगायतले हात्तीले पुर्याउदै आएको नोक्सानीका विषयमा जानकारी गराउदै हात्ती समस्या समाधानका लागि आग्रह गरेका थिए । भारतको असामबाट पुर्वी नेपालको बाहुनडाँगी हुदै भित्रने जंगली हात्तीले वराहक्षेत्रमा विगत देखिनै क्षति पुर्याउदै आएको नगरप्रमुख रमेश कार्कीले सो अवसरमा जानकारी गराएका थिए ।

केही दिन देखि वराहक्षेत्रका विभिन्न पाँचवटा वडामा जंगली हात्तीले उपद्रो मचाउदै आएको भन्दै स्थानीय तथा जनप्रतिनिधिहरुले हात्तीले वगुवा, खारखोला, पुनरवास, रेल्वेलाईन, जब्दी, देविघाट, विचपानी, नडाहा, खोरीया, सिमरवना, बिसालचौक बस्तीमा दुख दिदै आएको गुनासो गरेका थिए ।चार दिन अघि जंगली हात्तीको आक्रमणमा परि वराहक्षेत्र ५का भीमवहादुर विष्टले ज्यान समेत गुमाएका थिए । गत वर्ष पनि वराहक्षेत्रमा जंगली हात्तीले जनधनको क्षति पुर्याएको थियो ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी जय नारायण आचार्यले स्थानीयहरुलाई सुरक्षित बनाउन प्रशासन लागि रहेको जानकारी गराएका थिए ।