
काठमाडौं–बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष मैना जोशीको निधन भएको छ । विगत लामो समयदेखि क्यान्सर रोगका कारण उपचारार्थ जोशीको निधन भएको हो ।
जोशीको गए राति बाजुराको आफ्नै निवास वाईमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । करिव ६/ ७ महिना देखि उपचारार्थ अवस्थामा रहेकी उपाध्यक्ष जोशीको असामाहिक निधन प्रति गाउँपालिकाले दुख व्यक्त गरेको छ ।
गाउँपालिका अध्यक्ष भरतबहादुर रोकायाका अनुसार उपाध्यक्ष जोशीको ५२ वर्षको उमेरमा बिहीबार बिहान करिब ४ बजे आफ्नै घरमा निधन भएको हो।
मृतक जोशीको आजै कर्णालीमा दाहसंस्कार गरिने भएको छ । स्वामीकार्तिक खापर गाउँपालिका वडा नम्बर ४ वाई निवासी जोशी २०७९ सालको स्थानिय निर्वाचनमा कांग्रेसका तर्फबाट गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित भएकी थिइन् ।