images

यु–१९ विश्वकपः नेपालले लियो तेस्रो विकेट

काठमाडौं–आइसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत न्युजिल्यान्डविरुद्ध नेपालले तेस्रो विकेट लिन सफल भएको छ ।

नेपालका तर्फबाट दीपेश कंडेलले तेस्रो विकेट लिएका हुन । टस हारेर पहिला ब्याटिङ रोजेको न्युजिल्यान्डले १४.३ ओभरमा ३ विकेट गुमाउँदै ६७ रन बनाएको छ ।

यसअघि नेपाललाई दोस्रो सफलता लेगस्पिनर तिलक भण्डारीले दिलाएका थिए । तिलकले ओपनर टम जोन्सलाई ३३ रनमा बोल्ड आउट गरे ।