images

सातवटा भ्रष्टाचारको मुद्धा लागेका मातपोतका नासु गुप्तालाई सात वर्षको कैद सजाय

काठमाडौं– सात वटा भ्रष्टाचार मुद्दा लागेका मालपोत कार्यालयका नासु मदनप्रसाद गुप्तालाई विशेष अदालतले ५ वर्ष कैद सजाय सुनाएको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले गुप्तालाई पाँच वर्षको सजाय तोकेको हो । अर्का आरोपित नगेन्द्र प्रसाद चौधरीलाई भने ४ वर्ष कैद सजाय सुनाइएको छ । मालपोत कार्यालयको राजस्व रकम हिनामिना गरेको आरोपमा दुवै जनाबाट ४७ लाख ५४ हजार रुपैयाँ भराउने र त्यसको दोब्बर अर्थात ९५ लाख ८ हजार रुपैयाँ जरिवाना तिराउने आदेश पनि भएको छ ।

नासु गुप्तामाथि सातवटा भ्रष्टाचार मुद्दा लागेको थियो । नौ वर्षअघि राजस्व हिनामिनाको घटनामा अख्तियारले उनीमाथि ९५ लाख ८ हजार रुपैयाँ विगो मागदावी गरेको थियो । अख्तियारको आरोपपत्र अनुसार, जग्गा कारोवारका क्रममा प्राप्त हुने राजस्वको रकम र विस्तृत विवरण लेखा शाखामा नबुझाई उनले हिनामिना गरेका थिए ।