images

नेविसंघले माघ १३ गतेदेखि रोबोटिक वार प्रतियोगिता आयोजना गर्ने

काठमाडौं– नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले यहि माघ १३, १४ र १५ गते विश्वकर्मा ब्याटल अफ टाइटन्स—२ अन्तर्राष्ट्रिय स्तरको रोबोटिक वार प्रतियोगिता आयोजना गर्ने भएको छ ।

बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेविसंघले यसबारे जानकारी गराएको हो । प्रतियोगिता दशरथ रंगशालामा हुने बताइएको छ । संविधानलाई अनुशरण गर्दै प्रविधिसँग अभ्यस्त वर्तमान युग सापेक्ष नीति तथा कार्यक्रममार्फत विद्यार्थीलाई अनुसन्धान, सृजना, आविष्कारसँग जोड्ने ध्येयले प्रतियोगिता आयोजना गर्न लागिएको नेविसंघले जनाएको छ । प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र पाकिस्तानका १८ वटा समूहले प्रतिष्पर्धा गर्नेछन् ।

नेविसंघका सभापति दुजाङ शेर्पाले प्रतियोगिताले युवा पुस्तालाई सिर्जनशीन बन्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।