images

६० किलो सुन प्रकरणः ६ जनालाई धरौटीमा छाड्ने आदेश

काठमाडौं–उच्च अदालत पाटनले ब्रेक सुमा ल्याइएको ६० केजी सुन प्रकरणमा जिल्ला अदालतले १२ जना आरोपितलाई थुनामा राख्ने निर्णयलाई निरन्तरता दिने र ६ जनालाई धरौटीमा छाड्ने आदेश जारी गरेको छ ।

बुधबार न्यायाशीश धीर बहादुर चन्द र कृष्णराम कोइरालाको संयुक्त इजलासले यस्तो आदेश गरेको हो । उक्त प्रकरणमा आरोपित दावा छिरिङ, थुमिन छिरिङ, शिव कुमार सर्राफ, हर्कराज राई, दिलिप भुजेल, राम कुरमा भुजेल, राजेन्द्र कुमार राई, सुमन खरेल, किशोर बस्नेत, सरोज श्रेष्ठ, कुमार ढकाल र सन्तोष चन्दलाई काठमाडौं जिल्ला अदालतले गत असोज १९ गते थुनामा राख्ने आदेशलाई उच्च अदालतले सदर गरेको हो ।

त्यस्तै, उच्चले प्रतिवादीहरु कृष्ण कुमार श्रेष्ठ, पुष्करराज भट्ट, गणेश प्रसाद पौडेल, वीरेन्द्र नेपाली, सुदर्शन गौतम र यादव पराजुलीलाई थुनामा राख्ने आदेश बदर गर्दै धरौटीमा रिहा गर्न भनेको हो । उनीहरुई जनही १ लाखदेखि ५ लाखसम्म धरौटी माग गरिएको छ ।