images

त्रिवि अन्तराष्ट्रीय विमानस्थलका प्रमुख हमालमाथि प्रहरीले गर्यो हातपात

काठमाडौं–त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमनका कार्यालयका प्रमुख गोगन हमालमाथि प्रहरीले हातपात गरेको छ । त्रिवि विमानस्थल प्रहरीले अध्यागमनका अन्य केही कर्मचारीमाथि पनि हातपात गरेको बुझिएको छ ।

त्रिवि विमानस्थल भन्सार कार्यालयको जाँचपासमा सशस्त्र प्रहरीहरुलाई खटाएपछि नेपाल प्रहरी आक्रोशित हुँदै आएको थियो ।

शुक्रबार बिहान आफ्नो काम सकी फर्कने क्रममा अराइभलतर्फ रहेका प्रहरी कर्मचारीले शरीर खानतलासी गर्ने क्रममा अध्यागमनका कर्मचारीले असभ्य बोलेको भन्दै प्रहरीले कुटपिट गरेका हुन् ।

मेटल फ्री भई फर्कने क्रममा प्रहरीले शरीर खानतलासी गरेपछि कर्मचारीले मेटल फ्री भएपछि सधैँ यसरी त चेक गर्नु पर्दैन होला नि भनेकामा प्रहरीले कुटपिट गरेको अध्यागमन कर्मचारीको गुनासो छ । यद्यपि प्रहरीले आफ्नो जिम्मेवारी पूरा गर्दा कर्मचारीले असभ्य बोलेकाले धकेलाधकेलसम्म भएको तर कुटपिट नभएको दाबी गरेको छ ।