काठमाडौं–काठमाडौंमा आज यस वर्षकै धेरै चिसो दिनको रुपमा मापन भएको छ । बिहान पौने नौ बजेको तथ्याङ्क अनुसार काठमाण्डौको न्यूनतम तापक्रम २ दशमलव १ डिग्री सेल्सियस मापन भएको मौसमविद् गोविन्द झाले जानकारी दिए । शनिबार काठमाडौंको न्यूनतम तापक्रम २ दशमलव ५ डिग्रीसम्म झरेको थियो ।
मौसम पूर्वानुमान् महाशाखाले हरेक बिहान पौने नौ बजे र बेलुका पौने ६ बजे न्यूनतम तथा अधिकतम तापक्रम निर्धारण गर्छ । न्यूनतम तापक्रम जति घट्यो चिसो त्यत्ति नै बढ्छ ।
मौसमविद् झाका अनुसार काठमाण्डौ उपत्यकाको अधिकतम तापक्रम पनि घट्ने क्रममा छ । आज उपत्यकाको अधिकतम तापक्रम १५ देखि १७ डिग्री सेल्सियसको बीचमा रहने मौसम पूर्वानुमान् महाशाखाको अनुमान छ । हिजो अधिकतम तापक्रम १६ दशमलव ५ डिग्री सेल्सियस थियो ।
देशका विभिन्र स्थानमा मापन गरिएकाे तापक्रम विवरण हेर्नुहाेस्