
काठमाडौं– भारत बिहारका मुख्यमन्त्री नीतिश कुमारले राजीनामा दिएका छन् । नितिशकुमारले आइतबार बिहान राज्यपाद राजेन्द्र विश्वनाथ अर्लेकरलाई राजीनामा बुझाएका हुन् । राजीनामा दिएसँगै उनले गठबन्धनबाट अलग हुने घोषणा गरेका छन् ।
उनले जनता र पार्टीको राय सुनेर राजीनामा दिएको प्रतिक्रिया दिएका छन् । गत हप्ता नै नीतिश कुमारले राजदबाट गठबन्धन तोडेर फेरि भाजपासँग गठबन्धन गर्ने अनुमान गरिएको थियो । नीतिश कुमारले सन् २०२२ को अगष्टमा भाजपाबाट गठबन्धन तोडेर राजदसँग मिलेका थिए ।
राजनीतिमा करिब पाँच दशक वितासकेका नीतिश कुमारले आफ्नो सहजता अनुसार दल र गठबन्धन फेर्दै आएका छन् ।