images

नागरिकता विवाद, गृहले दियो संघीय संसदका कार्यवाहक महासचिव पाण्डेयलाई ‘क्लिन चीट’

काठमाडौं– गृहमन्त्रालयले संघीय संसद सचिवालयका कार्यवाहक महासचिव पद्म प्रसाद पाण्डेय नागरिकता विवादमा ‘क्लिन चीट’ हुने कागजात र विस्तृत विवरण राज्य व्यवस्था समितिलाई पठाएको छ ।

 

आइतबार गृहमन्त्रालयले तीनवटा नागरिकता बनाएको आरोप लागेका पाण्डेयलाई क्लिन चीट दिइएको हो । संसद सचिवालयको महासचिवमा सिफारिस भएपछि पाण्डेले उमेर घटाएर नागरिकता बनाएको भन्दै उनको नियुक्ति रोक्न राष्ट्रपतिसमक्ष दबाब परेको थियो । सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले डा।भरत गौतमको राजीनामापछि महासचिव नियुक्तिका लागि पाण्डेको नाम राष्ट्रपति समक्ष सिफारिस गरेका थिए ।

राष्ट्रपतिले निर्णय गर्नुअघि नै उनको दुईभन्दा बढी नागरिकता रहेको र किर्ते गरेर जागिर खाएको प्रचार भएपछि यकिन नभएसम्म नियुक्ति रोकिएको थियो । यसबीचमा संसदको राज्य व्यवस्था तथा सुशासन समितिले गृह मन्त्रालयसँग पाण्डेको नागरिकता र राहदानीसम्बन्धी यकिन विवरण माग गरेको थियो । संसदका महासचिवका विषयमा राष्ट्रपतिले भने निर्णय गर्न बाँकी रहेकाे छ ।
हेर्नुहोस् पाण्डेयका विवादित विवरणहरु