
काठमाडौं–नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा एवम् आरजू राणा देउवाका एक मात्रै पुत्र जयवीर देउवा यहि माघ २१ गते विवाह बन्धनमा बाँधिँदै छन् । अहिले उनको विवाहको भव्य तयारी भइरहेको छ ।
अहिले निम्तो पत्र बाँड्ने कार्य पनि चलिरहेको छ । प्रीतिभोज भने आगामी फागुन २ गते आर्मी अफिसर्स क्लबमा आयोजना गरिएको छ । भोजमा फूल, माला, खादा तथा उपहार नल्याउन निम्तालुलाई आग्रह गरिएको छ । उक्त कुरा निम्तोपत्रमै उक्त कुरा उल्लेख छ ।
जयवीरको कभर गायिका शिवाना श्रेष्ठसँग हुँदै छ । उनी पूर्वपरराष्ट्र सचिव केदारभक्त श्रेष्ठकी नातिनी र सञ्जीवभक्त श्रेष्ठकी कान्छी छोरी हुन् ।
यी दुवै लामो समयदेखि प्रेम सम्बन्धमा छन् । जेठ १९ गते यी दुईले इन्गेजमेन्ट गरेका थिए ।