images

पेट्रोलियम पदार्थमा लगाएको पूर्वाधार करबाट ८ वर्षमा एक खर्ब,२५ अर्ब रुपैयाँ संकलन

काठमाडौं–पेट्रोलियम पदार्थमा लगाएको पूर्वाधार करबाट आठ वर्षमा एक खर्ब २५ अर्ब रुपैयाँ संकलन भएको छ । नेपाल आयल निगमका अनुसार सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको पूर्वाधार करबाट आठ वर्षमा एक खर्ब २५ अर्ब ३५ करोड रुपैयाँ संकलन भएको हो ।

सरकारले आव २०७७÷७८ को बजेटबाट पाँच रुपैयाँबाट डिजेल, पेट्रोल र हवाई इन्धनमा संकलन गर्दै आएको कर बढाएर १० रुपैयाँ पु¥याएको थियो । इन्धन आयात गरेबापत मासिक रूपमा भन्सार बिन्दुमै पूर्वाधार करबापत डिजेल, पेट्रोल र हवाई इन्धनमा प्रतिलिटरमा १० रुपैयाँ शुल्क संकलन हुँदै आएको छ । नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले भन्सारबिन्दुमै पूर्वाधार कर संकलन गरी सरकारको खातामा जम्मा हुने गरेको जानकारी दिएका छन् ।

निगमका अनुसार पेट्रोलियम पदार्थमा लगाएको पूर्वाधार करबाट आर्थिक वर्ष २०७८÷७९ मा भने २४ अर्ब ९५ करोड रुपैयाँ पूर्वाधार कर संकलन भएको थियो । चालु आर्थिक वर्ष २०८०/८१ माघ पहिलो सातासम्म १० अर्ब रुपैयाँ पूर्वाधार कर संकलन भएको निगमले जनाएको छ । इन्धनबाट सङ्कलन गरिएको करमध्ये बुढीगण्डकी जलविद्युत् आयोजनाको मुआब्जाबापत करिब ४२ अर्ब ५७ करोड रुपैयाँ खर्च भएको छ ।