images

सहिद दिवसको प्रेरणा नभुलौंः ओली

काठमाडौं–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहिदको प्रेरणा भुल्न नहुने बताएका छन् । सहिद दिवसको अवसरमा शुभकामना सन्देश दिँदै ओलीले उक्त कुरा बताएका हुन् ।

सामाजिक सञ्जाल फेसबुक मार्फत अध्यक्ष ओलीले भनेका छन,युगलाई जहानियाँ राणा शासनको अँध्यारोबाट प्रजातन्त्रको उज्यालो दिन जीवन अर्पण गर्नु भएका अमर शहीद गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्रीलाई नमन । शहीद दिवसको प्रेरणा नभुलौं, सबैलाई शुभकामना !!

सहिद दिवसको सम्झनामा आज मुलकभर विविध कार्यक्रम गरि मनाइदैं छ ।