images

बैतडीमा जीप दुर्घटना हुँदा एकको मृत्यु,सात घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएका छ भने चालक सहित ७ जना घाइते भएका छन् ।

मंगलबार दोगडाकेदार गाउँपालिका– ८ कालागाउँकी १५ वर्षिया मनिषा विष्टको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । घाइतेहरुको जिल्ला अस्पताल बैतडीमा उपचार भैरहेको छ । प्रहरीका अनुसार जिपमा ८ जना सवार थिए । जिप सडकबाट ५० मिटर तल खसेको बताइएको छ ।

जिल्लाको दोगडाकेदार २ कटौजपानीमा दुर्घटना भएको हो । सिल्लेगडा बजारबाट यात्रु बोकेर कालागोरा गाउँ जाँदै गरेको सु प्र ०१००ज १५३७ नम्बरको बोलेरो जी कटौज पानीमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता नन्दराज जोशीले जानकारी दिए ।