images
images

सिन्धुपाल्चोकको हेलम्बुमा जीप दुर्घटना, दुई भुटानी नागरिककको मृत्यु

काठमाडौं– सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नम्बर १ मा जीप दुर्घटना भएको छ। बुधबार बिहान बा २ च ४४५० नम्बरको जीप दुर्घटना हुँदा दुई जना भुटानी नागरिकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जीपमा सवारी चालक एक नेपाली र पाँच जना भुटानी नागरिक रहेका थिए। तीमध्ये दुई भुटानी नागरिकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइते भएकामध्ये दुई जनालाई हेलिकप्टरबाट काठमाडौँस्थित केएमसी अस्पताल ल्याइएको छ। अन्य दुई घाइतेलाई पनि हेलिकप्टरबाटै काठमाडौँ ल्याउने तयारी रहेको प्रहरीले जनाएको छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS