images

सोसल डेमोक्रयाटिक पार्टी अफ जर्मनका पूर्व अध्यक्ष शुल्ज र राष्ट्रपति पौडेलबीच भेटवार्ता

काठमाडौं– सोसल डेमोक्रयाटिक पार्टी अफ जर्मनीका पूर्वअध्यक्ष तथा तथा फ्रेडरिक एबर्ट स्टिफ्टुङका अध्यक्ष डाक्टर मार्टीन शुल्जले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् ।

राष्ट्रपति भवन शीतलनिवासमा भएको भेटमा राष्ट्रपति पौडेलले नेपाल सामाजिक न्यायसहितको लोकतन्त्रलाई सुदृढ गर्न लागिरहेको बताए । यसैको माध्यमबाट लोकतान्त्रिक समाजवादतर्फ अघि बढ्ने प्रयत्न भइरहेको उनको भनाइ छ । उनले नयाँं प्रविधिको वर्तमान युगमा कसरी लोकतान्त्रिक समाजवादमार्फत नेपालजस्तो मुलुकमा जनताको जीवनस्तर माथि उठाउन सकिन्छ भन्नेमा वैचारिक बहस चलाउनुपर्ने पनि बताए ।

राष्ट्रपति पौडेलले नेपालीहरूले लामो संघर्ष र बलिदानपछि आफ्नो संविधान आफैं बनाएको पनि स्मरण गरे । उक्त अवसरमा डाक्टर शुल्जले नेपालको संविधान अत्यन्त प्रगतिशील र उदाहरणीय रहेको बताए ।