images

बाजुरामा चट्याङ लागेर एकको मृत्यु,१० घाइते

काठमाडौं– बाजुरामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । मृत्यु हुनेमा खप्तड छेडेदह गाउँपालिका १ काँडा डाब्रेतोलका ६८ वर्षीय दलसिंह बुढा रहेको काँडा प्रहरी चौकी प्रहरी सहायक निरीक्षक धरेन्द्र बहादुर ठगुन्नाले जानकारी दिए ।

प्रहरीका अनुसार बुधबार राति साढे ११ बजे चट्याङ लागेर बुढाको ज्यान गएको हो । घाइते मध्ये एकजना गम्भीर अवस्थामा रहेका छन् ।

चट्याङ लागेर घाइते हुनेमा ६० वर्षीया पिउली बुढा, १४ वर्षीया अस्मिता बुढा, ५० वर्षीया पशु बुढा, ५० वर्षीय देब बुढा, ५५ वर्षीय कलु बुढा, ४५ वर्षीया कमला बुढा, ६२ वर्षीया झिरु बुढा, १४ वर्षीया चन्दा बुढा, ३५ वर्षीया तुली बुढा र ६५ वर्षीया धना बुढा रहेका छन् ।

धना बुढा भने शक्त घाइते छन् । भने अन्यको शरिर तथा हात खुट्टामा चोटपट लागेर सामान्य घाइते भएको प्रहरी सहायक निरीक्षक ठगुन्नाले बताएका छन् । त्यसैगरी चट्याङ लागेर २ बाख्रा १ गोरु र १ गाई पनि मरेको प्रहरीले जनाएको छ ।