images

क्यासिनो क्लबबाट करिव एक करोड सहित ९ जना जुवाडे पक्राउ

काठमाडौं–दरबारमार्ग स्थित क्यासिनो क्लबबाट करिव एक करोड रुपैयाँ सहित ९ जना जुवाडे पक्राउ परेका छन् । विहिबार राति क्यासिनो क्लबबाट काठमाडौं प्रहरी परिसरको टोलीले उनीहरूलाई पक्राउ गरेकोहो ।

अनलाइन बेटिङ खेलाउन लागेको सूचनापछि उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काठमाडौं परिसरका एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिए । पक्राउ पर्नेमा तीन भारतीय र ६ नेपाली रहेको प्रहरीले जनाएको छ ।