images

विमानस्थलका प्रहरी प्रमुख डिआइजी चन्दले किन दिए राजीनामा ?

काठमाडौं–त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख नेपाल प्रहरीका नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्द ठकुरीले राजीनामा दिएका छन् । चन्दले गत शुक्रबार राजीनामा दिएका हुन् ।

अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी प्रमुखका रूपमा कार्यरत चन्द त्रिभुवनको राजीनामा पछि विभिन्न कोणबाट टिकाटिप्पणी भइरहेका छन् । केही दिन अघि त्रिभुवन विमानस्थलमा अध्यागमनका कर्मचारी र प्रहरीबीचको विवादको विषयमा मातहतका प्रहरी कर्मचारीलाई निलम्बन गरेको भन्दै राजीनामा दिएको हुन सक्ने समेत एकथरी विश्लेषण भइरहेको छ ।

पछिल्लो समय विमानस्थल प्रहरीको अध्यागमनलगायत निकायसँग टकराव बढेको थियो । जसमा प्रहरीलाई कारबाही गरेकोमा उनी असन्तुष्ट थिए । तर, काममा गम्भीरता देखाउन नसकेको भन्दै प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले उनको ध्यानाकर्षण गराउँदै आएका थिए । यहीबीचमा उनले अकस्मात् राजीनामा दिएका हुन् ।

जागिर अवधि करिब एक वर्ष बाँकी हुँदै गर्दा उनको राजीनामा स्वभाविक रुमपा लिन सकिँदैन । राजीनामाबारे चन्दले भनेका छन, ‘नितान्त व्यक्तिगत कारणले राजीनामा दिएको हुँ, अरू केही होइन । ,’ उनको राजीनामा गृहमन्त्रालयले भने स्वीकृत गरिसकेको छैन् ।