images

दुई वटा न्यारोबडी जहाज भाडामा लिन अन्तराष्ट्र्रिय बोलपत्र आव्हान

काठमाडौं– नेपाल वायुसेवा निगमले पर्यटन प्रवद्र्धनमा बलियो उपस्थिति जनाउने उद्देश्यले दुई वटा न्यारोबडी जहाज भाडामा लिन लागेको जनाएको छ । मंगलबार निगमले दुईवटा न्यारोबडी जहाज भाडामा लिनको लागि सार्वजनिक खरिद ऐन, नियम बमोजिम अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको हो ।

निगमका प्रवक्ता रमेश पौडेलले जहाज भाडामा दिने कम्पनीले विमान, चालक दल, मर्मतसम्भार, बीमासमेत आफँैले व्यहोर्ने र नेपाल वायुसेवा निगमले बजार व्यवस्थापन गर्ने सम्झौतामा दुई वटा न्यारोबडी जहाज भाडामा लिन लागिएको बताए ।