
काठमाडौं– ६१ किलो सुन तस्करी प्रकरणमा मुछिएकी अमला रोकाविरुद्ध डिफ्युजन नोटिस जारी भएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीको पत्राचारपश्चात इन्टरपोलले उनीविरुद्द डिफ्युजन नोटिस जारी गरेको हो । रोल्पा घर भएकी रोका सुन तस्करीका नाइके बेल्जियम नागरिक दाबा छिरिङकी श्रमती हुन् । श्रीमान् पक्राउ परेपछि उनी फरार भएकी थिइन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार पास भएर बाहिरिँदै गरेको करिब ६१ किलो सुन तस्करी प्रकरणमा उनको समेत संलग्नता खुलेको थियो । रोका सहितलाई प्रतिवादी बनाउँदै अदालतमा मुद्दा समेत दायर भइसकेको छ। अमला ठेमलस्थित भियना होटलकी सञ्चालक समेत हुन्। उनी सहित यो प्रकरणमा १८ जनालाई फरार प्रतिवादी बनाइएको छ। रोका माओवादी नेताहरुसँग निकट मानिन्छिन्। उनी माओवादी रोल्पा–काठमाडौं सम्पर्क मञ्जकी पूर्व उपाध्यक्ष पनि हुन् ।